Monday, August 17

लैङ्गिक समानता स्थापनाका निम्ति संघर्ष जारी राख्नुपर्छ: वरिष्ठ नेता खनाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले लैङ्गिक समानता स्थापनाका निम्ति प्रयत्न जारी राख्न आग्रह गर्नु भएको छ।

Advertisement

शुक्रबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना सन्देश जारी गर्दै नेता खनालले अझैंपनि लैङ्गिक समानता स्थापनाका निम्ति संघर्ष जारी राख्नुपर्नेमा जोड दिनुभएको हो। उहाँले भन्नुभयो,‘११४औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिला दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु।’

Advertisement
Advertisement

सम्मानित नेता खनालले अगाडि भन्नुभयो,‘आजको दिन विश्वभरका महिला दिदीबहिनीहरुको मुक्तिको ऐतिहासिक दिन हो, महिलाहरुको हक र अधिकारका साथै राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासका लागि आवाज बुलन्द गरिएको संघर्षको दिन हो। महिला दिदीबहिनीहरूको यहि संघर्षको कारण वर्तमान संविधानले संघीय संसदमा ३३ प्रतिशत महिला हुने व्यवस्था गरेको छ। यो एउटा राजनीतिक उपलब्धि नै हो। अहिलेपनि महिलामाथि हुने गरेका अन्याय अत्याचारको विरुद्ध, विभेदक विरुद्ध र शोषणको विरुद्ध पूर्णरुपले लैङ्गिक समानता स्थापना गर्ने काममा दृढताका साथ प्रयत्न जारी राख्न म आग्रह गर्न चाहन्छु।’

Advertisement