Friday, August 21

राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक दिउँसो १:०९ बजे बस्नेछ।

Advertisement

आजको बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनको ‍दिन तोक्ने कार्यसूची छ।

Advertisement
Advertisement

अध्यक्षको पदपूर्ति नहुन्जेलसम्मका लागि उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोननयन गर्ने कार्यसूची पनि आजको बैठकका लागि तय गरिएको छ

Advertisement

आजकै बैठकमा विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची छ। ‍त्यस्तै आगामी आर्थिक वर्ष २०८१/२०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने कार्यसूची पनि रहेको छ।