Saturday, July 11

धनगढीमा कुटपिटबाट एक जना युवकको मृत्यु, पाँच जना पक्राउ

नेपालअखबार, कैलाली। कैलालीको धनगढीमा कुटपिटबाट एक जना युवकको मृत्यु भएको छ।

Advertisement

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँमा बस्ने अन्दाजी ३५ वर्षीय महेश रानाको मृत्यु भएको हो।

Advertisement
Advertisement

सोमबार बिहान घाइते अवस्थामा फेला उनलाई स्थानीयले सेती प्रादेशिक अस्पतालमा लगेका थिए। त्यहाँ उपचारको क्रममा मृत्यु भएपछि प्रहरीलाई खबर भएको थियो।

Advertisement

महेशको मृत्यु कुटपिटबाट भएको भन्ने खबर पाएसँगै प्रहरीले छिमेकी पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुलदिप चन्दले जानकारी दिए।

‘छिमेकी मिनबहादुर चौधरीको घरमा राति जान खोज्दा कुटपिट भएको भनेका छन्। मिनबहादुरसहित पाँच जना पक्राउ परेका छन्,’ उनले भने, ‘यकिन त्यही कारण हो/होइन भन्ने अनुसन्धानबाट पुष्टि हुन्छ।’ मृतकको शव सेती प्रदेशिक अस्पतालमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।