Thursday, August 27

शिक्षा समितिको सभापतिका निम्ति थापाको मनोनयन

नेपालअखबार, काठमाडौँ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि अम्मरबहादुर थापाले मनोनयन दर्ता गराउनु भएको छ।

Advertisement

मंगलबार संसद भवनमा नेकपा (एकीकृत समाजवादी) का सांसद थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको हो।

Advertisement
Advertisement

यसअघि पनि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति नेकपा (एकीकृत समाजवादी) बाटै वर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी हुनुहुन्थ्यो। जोशी मन्त्री बनेसँगै समितिको सभापति रिक्त थियो। रिक्त पदमा एकीकृत समाजवादीकै सांसद थापाले उम्मेदवारी दर्ता गराउनु भएको हो।

Advertisement

दर्ता गराइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू समितिको सभापतिमा सर्वसम्मत हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले बाँकी दिनमा शिक्षामा रहेका जटिलताहरूलाई समाधान गर्नेगरी अघि बढ्ने बताउनु भयो।

उहाँले शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील कुरामा समितिमा गतिका साथ काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले शिक्षामा प्रतिस्पर्धा कसरी गराउन सकिन्छ ?भन्नेबारेमा आफूले काम गर्ने बताउनु भयो।

थापाको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेल, समर्थकमा दीपा शर्मा रहनु भएको छ। समिति सभापतिको निर्वाचन चैत ७ गते हुँदैछ।