Wednesday, August 26

बजेट निर्माणमा अर्थमन्त्रालयको सिण्डिकेट तोड्नुपर्छ: प्रकाश ज्वाला

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रतिनिधिसभा सांसद प्रकाश ज्वालाले आगामी बजेटले परम्परा तोडेर ब्रेकथ्रु हुनुपर्ने बताउनु भएको छ।

Advertisement

बुधबार संसदमा बोल्दै ज्वालाले उक्त कुरा बताउनु भएको हो। बजेट निर्माण समावेशी, पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोडदिदै सांसद ज्वालाले भन्नुभयो, ‘कुराले चिउरा भिज्दैन। प्रधानमन्त्रीज्युले बजेटमा केही फरक पन आउछ भन्नुभएको छ। साच्चै आगामी बजेटले परम्परा तोड्नुपर्छ। बजेट समाजवेशी, पारदर्शी र जवाफदेही हुनुपर्छ। बजेट लुकाएर बनाउने प्रचलन छ। मन्त्रीलाईसमेत थाहा नै हुँदैन।’

Advertisement
Advertisement

सांसद ज्वालाले अर्थमन्त्री वर्षमान पुनतर्फ संकेत गर्दै भन्नुभयो,‘अर्थमन्त्रीले सांसदको विश्वास गर्नुहोस्। जनताको सबैभन्दा नजिकका साथी, मन्त्री, प्रधानमन्त्री जेसुकै भएपनि सांसद हुन्। सांसदको विश्वास गरेर बजेट निर्माणमा सहयोग गर्न भन्नुहोस्। साथै योजना निर्माणमा पनि सांसदहरू भूमिका खोज्नुपर्छ भन्ने आशा गरेको छु। यसो गरिएको खण्डमा मात्रै जनताले विश्वास गर्छन र अपनत्व ग्रहण गर्छन् भन्ने मेरो बुझाई छ। बजेट निर्माणमा अर्थमन्त्रालयको हस्तक्षेप र सिण्डिकेट हटाउनु पर्दछ।’

Advertisement

ज्वालाले अगाडि भन्नुभयो, ‘बजेटका प्राथमिकता तय गर्दा मुलुकको आवश्यकता र औचित्यका आधारहरूमा ध्यान दिनुपर्छ। आवश्यकताको पहिचान गरेर प्राथमिकता तय गर्न मेरो सुझाव छ। बजेटमा दोहोर, तेहेरो प्रकृति हटाउनु पर्छ। नयाँ आयोजना तय गर्दा रोजगारी वृद्धि गर्नेगरी काम गर्नुपर्छ। जयाँ योजनाले रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रलाई उकास्ने भएन भने त्यसले हाम्रो समृद्धिको यात्रालाई अगाडि बढाउन सक्दैन।’