Tuesday, July 28

सुन प्रकरणमा पक्राउ परेका महरासँग आज पनि बयान लिइने

नेपालअखबार, काठमाडाैं।  सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ।

Advertisement

चैत ५ गते कपिलवस्तुबाट पक्राउ परेका महरामाथि बुधबारदेखि बयान सुरू भएको थियो। सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले महरासँगको बयान आज पनि जारी रहने जानकारी दिए।

Advertisement
Advertisement

महरालाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको छ।

Advertisement

अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ ।

आज बयान नसकिए पुन म्याद थप गरिने सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करी प्रकरणमा संलग्न चिनिया नागरिकसँग महराको नाम जोडिएको छ।

त्यसबेला सिआइबीले उनीसँग बयान कागज गरेर मात्रै छाडेको थियो।

यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् । राहुल हाल पुर्पक्षका लागि थुनामा छन् । रासस