Monday, August 17

पचास लाखको लागतमा तनहुँको खड्गकालिका मन्दिर पुनर्निर्माण

नेपालअखबार, तनहुँ। तनहुँको व्यास नगरपालिका–११  तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर ५० लाखको लागतमा पुनर्निर्माण सम्पन्न भएको छ। पुरातत्व विभागको आर्थिक सहयोगमा पुनर्निर्माण पूरा भएको हो।

Advertisement

यही वैशाख ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले पुननिर्मित मन्दिर उद्घाटन गर्ने कार्यक्रम रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए। मन्दिरको मौलिकता कायम गरेर पुनर्निर्माण पूरा भएको उनले जानकारी दिए।

Advertisement
Advertisement

तनहुँसुर धार्मिक पर्यटकीयस्थलका रुपमा क्रमशः विकास भइरहेको स्थानीयवासी सञ्जय श्रेष्ठ बताउँछन्। यहाँ सामुदायिक घरबास पनि सञ्चालनमा  छन्।

Advertisement

पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य गर्न पठाएको र उनीपछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको जनश्रुति छ।

तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा र भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन्। रासस