Tuesday, July 28

एकीकृत समाजवादीमा थपिए एक लाख २० हजार नयाँ सदस्य

नेपालअखबार, काठमाडाैं । नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) मा एक लाख २० हजार नयाँ सदस्य थपिएका छन्।

Advertisement

सङ्गठन सुदृढीकरणका सिलसिलामा पार्टीले दुई महिनासम्म देशभर सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियानका क्रममा ती सदस्य थपिएका पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। गत फागुन र चैतमा सञ्चालित अभियानमा पार्टीका सबै तहका कमिटी परिचालन गरिएका थिए। साथै महाधिवेशनमा सहभागी हुने सबैको सदस्यता नवीकरण भएको छ।

Advertisement
Advertisement

पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म  काठमाडौंमा गर्ने १० औं राष्ट्रिय महाधिवेशनको तयारी पनि गरिरहेको छ। महाधिवेशनलाई सफल बनाउन गठित विभिन्न कमिटी क्रियाशील छन्।

Advertisement

पार्टीको राजनीतिक दस्तावेज, विधान, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेज सम्बन्धित कमिटीमा अध्ययनका लागि पठाइएको सचिव श्रेष्ठले बताए।