Sunday, May 3

छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय

नेपालअखबार, काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयले छात्रवृत्तिको लागि दिएको समय थप गरेको छ । आज एक सूचना जारी गर्दै यसअघि तोकिएको समय थप गरिएको जानकारी दिएको हो ।

स्थायी रूपमा कार्यरत शिक्षक कर्मचारीहरूका लागि आर्थिक वर्ष २०८०–०८१ को छात्रवृत्तिमा उच्च अध्ययन गर्न खुल्ला र आन्तरिक (तोकिएको कोटा) मा दरखास्त आव्हान गरी मिति २०८० चैत्र १६ गते २१ दिनको म्याद दिई सूचना प्रकाशित गरिएकोमा उक्त दरखास्त सम्बन्धी सूचनाको म्याद आगामी वैशाख १६ गतेसम्म थप गरिएको सूचनामा उल्लेख छ ।

Advertisement

645675477u57u547yy47575477