Thursday, August 27

काठमाडौँको टोखाबाट ८ जना जुवाडे पक्राउ

नेपालअखबार, काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–१० बाट प्रहरीले ८ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । टोखा स्थित सिर्जना टोलमा सञ्चालित जुवा खालमा छापा मारेर आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले हरि श्रेष्ठको घरमा सञ्चालित जुवा खालबाट १ लाख १३ हजार नगद बरामद गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा घरधनी श्रेष्ठ, काठमाडौँ महानगरपालिका–३ बाँसबारी बस्ने मानबहादुर पुन, बुढानिलकण्ठ नगरपालिका बस्ने सागर लामा, गोकर्णेश्वर बस्ने नेमा लामा, बुढानिलकण्ठ बस्ने लोप्साङ तामाङ, टोखा–३ घर भएका पुष्पबहादुर खड्का, भक्तपुर बस्ने देन लामा र नागार्जुन घर भएका शरणबहादुर गुरुङ छन् ।  जुवा खालबाट प्रहरीले ४ बुक तास र १०९ थान क्वाइन बरामद गरेको छ ।

Advertisement
Advertisement

Advertisement