Monday, August 3

नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका दुई पूर्वकर्मचारी पक्राउ

नेपालअखबार, काठमाडाैं । नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका दुई पूर्वकर्मचारी पक्राउ परेका छन्।

Advertisement

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सनिवार अनुसन्धानका लागि विभागका पूर्वकर्मचारी सुरज अर्याल र हरिश भट्टलाई पक्राउ गरेको हो।

Advertisement
Advertisement

विभागका  सुरज शाखा अधिकृतका रूपमा काम गरेका थिए भने हरिश कम्युटर इन्जिनियरमा करारमा कार्यरत थिए।

Advertisement

नक्कली सवारी लाइसेन्स जारी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको ब्युरोका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक श्याम ज्ञावलीले जानकारी दिए।

‘उनीहरूले लिखित र ट्रायलबिना नै  लाइसेन्स दिने गरेको अनुसन्धानमा खुलेको छ,’ उनले भने, ‘थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।’ एक लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको घटनामा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सिआइबीले अनुसन्धान गरिरहेका छ।