Saturday, July 11

बैंकिङ कसुर मुद्दामा फरार रहेका वडाध्यक्ष तामाङ पक्राउ

नेपालअखबार, सिन्धुपाल्चोक। बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन्।

Advertisement

उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा तीन दिन कैद ९ लाख ९० हजार रूपैयाँ जरिवाना तोकेको थियो।

Advertisement
Advertisement

प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए।

Advertisement

उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष तामाङलाइए तीन दिन कैद र ९ लाख ९० हजार जरिवाना सजाय तोकेको थियो ।

प्रहरीको फरार सूचीमा रहेका तामाङलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालत चौतारामा पेस गरिएको प्रनाउ भट्टराईले जानकारी दिए।