Thursday, March 12

सप्तरीको महदेवामा आगलागी हुँदा जले एक सय बढी घर

नेपालअखबार,सप्तरी। सप्तरीको एउटा बस्तीमा भिषण आगलागी भएको छ।

महदेवा गाउँपालिका-१ स्थित चिम्टी टोलमा आगलागी हुँदा एक सय बढी घर जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुंडिराज न्यौपानेले जानकारी दिए।

Advertisement

उनका अनुसार दिउँसो साढे तीन बजे लागेको आगो अझै निभेको छैन।

‘आगो अहिले नियन्त्रणमा छ,’ उनले भने, ‘अघिदेखि ६ वटा दमकल प्रयोग गरिएको थियो। अहिले चारवटा दमकलले आगो निभाइँदैछ।’

आगलागीमा घरका अन्य समानसँगै चौपायाहरू समेत मरेका छन्। आगलागीबाट क्षति भएको विवरण भने आउन बाँकी रहेको उनले बताए।

स्थानीय सत्रुधन यादवको घरबाट सल्केको आगो तीब्र हावा चल्दा बस्तीमा सल्किएको प्रहरीको भनाइ छ।