Tuesday, July 7

गोरखामा रोट महोत्सव हुने

नेपालअखबार, गोरखा । गोरखामा रोट महोत्सव हुने भएको छ।

Advertisement

गोरखनाथ मन्दिरमा जेठ १० गतेदेखि सवा लाख रोट महोत्सव हुने भएको हो।

Advertisement
Advertisement

सिद्धाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले सवा लाख रोट महोत्सव गर्न लागिएको बताए।

Advertisement

उनले महोत्सव अवधिभर गोरखनाथलाई सवा लाख रोट चढाउने र रोट महोत्सवमा धार्मिक प्रवचनसहित भजनकीर्तन हुने बताए।

चामलको पिठो, नरिवल, ल्वाङ, अलैँची, चिनी लगायतका विभिन्न प्रकारका मसला मिसाएर रोट पकाइन्छ। यहाँ भुङ्गे र तावाँ रोट पकाइन्छ।

गोरखनाथको मन्दिरमा गोरखनाथलाई दिनहुँ रोट चढाउने चलन छ। विश्वशान्तिको कामनासहित धार्मिक पर्यटन प्रवर्द्धनका लागि सवा लाख रोट महोत्सव गरिँदै आएको संयोजक अकेलाले बताए।

वैशाख पूर्णिमाको दिन दिव्य तथा ऐतिहासिक गोरख गुफाबाट प्रकट भएको दिनलाई गोरक्ष प्रकट दिवसको रुपमा पनि मनाउने गरिन्छ। सो दिनको अवसर पारेर रोट महोत्सव सुरुआत गरिएको हो।

एघार दिनसम्म चल्ने महोत्सवमा सहभागी हुन आउने भक्तजनका लागि आयोजकले नै खाने, बस्ने सुविधा उपलब्ध गराउने संयोजक अकेलाले बताए।

‘यसपटक ४० हजार भन्दाबढी पर्यटक महोत्सवमा गोरखा आउने अनुमान गरिएको छ,’ उनले भने। सवा लाख रोट महोत्सवमा गोरखनाथको प्रसाद ग्रहण गर्न भारतबाट समेत भक्तजन आउने गर्छन्। रासस