Tuesday, July 7

हज समितिमा नवनियुक्त सदस्यलाई अध्यक्ष नेपालद्वारा बधाई तथा शुभकामना

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल हज समितिमा नियुक्ति हुनु भएका मुस्लिम इत्तेहाद संगठनका नेताहरूलाई बधाई ज्ञापन गर्नुभएको छ।

Advertisement

मंगरबार पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा अध्यक्ष नेपालले नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत रहेको नेपाल हज समितिमा मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सचिव तथा मधेश प्रदेशका इन्चार्ज गुलाम सरवर, बारा इन्चार्ज इरसाद अन्सारी र मुस्लिम इत्तेहाद संगठन स्याङ्जा अध्यक्ष तथा संगठनका गण्डकी प्रदेश सचीव साहिरा बानु हज समिति सदस्य नियुक्त भएकोमा बधाई दिनुभएको हो।

Advertisement
Advertisement

नेपाल हज समिटिमा नियुक्ति हुनु भएकोमा पार्टी अध्यक्ष नेपालले बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको हो।

Advertisement