Saturday, August 15

देउवासहित कांग्रेस नेताहरू बालुवाटारमा

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरू बालुवाटार पुगेका छन्।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफलका लागि बोलाएपछि सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेताहरू कृष्ण सिटौला र रमेश लेखक बालुवाटार पुगेका हुन्।

Advertisement
Advertisement

कांग्रेसका एक नेताका अनुसार  संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डले बालुवाटार बोलाएका थिए।

Advertisement

संसद्को बर्खे अधिवेशन सुरू भएको दिन शुक्रबार नेपाली कांग्रेसले बैठक अवरूद्ध गरेको थियो।

सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ।

तर सत्तापक्ष संसदीय छानबिन समिति बनाउन नपर्ने अडानमा छ।

दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहेपछि संसदमा गतिरोध देखा परेको छ।

त्यसको अन्त्यका लागि प्रतिपक्षीसँग छलफल गर्ने र सौहार्दपूर्ण वातावरण तयार गरी संसदका बाँकी कामहरू अगाडि बढाउनेबारे प्रयास थालिएको हो।