Saturday, September 5

नदीमा डुबेर दुई बालबालिकाको मृत्यु

नेपालअखबार, कैलाली । नुहाउन भन्दै नदीमा गएका दुई बालबालिकाको मृत्यु भएको छ।

Advertisement

कैलालीको कैलाली गाउँपालिका वडा नम्बर ८ लोहरपुर तेडी बाँध नदीमा नुहाउने क्रममा दुई बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

आइतबार दिउँसो करिब १ बजे नदीमा नुहाउने क्रममा ७ वर्षका अमिल खड्का र १३ वर्षकी दुर्गा साउदको डुबेका थिए।

Advertisement

उनीहरूलाई उद्धार गरेर उदासिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। साउदलाई त्यहाँबाट थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेको कैलालीका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले जानकारी दिए।