Wednesday, July 1

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

नेपालअखबार,काठमाडौँ । जनकपुरमा सहकारीको ८० लाख रूपैयाँ लुटेको आरोपमा दुईजना  पक्राउ परेका छन्।

Advertisement

धनुषा प्रहरीले  धनुषाकै जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो ।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरुबाट लुटेकोमध्ये १४ लाख ५३ हजार रूपैयाँ बरामद गरेको उनले बताए।

Advertisement

गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनास्थित पोखरीबाट धनुषाको सबैला–१२ रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख लुटिएको थियो।

सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले जनकपुरको हिमालय बैंकबाट ८० लाख रूपैयाँ रकम निकालेर लैजाँदै गरेको अवस्थामा नम्बर प्लेट नखुलेको मोटरसाइकलमा सवार तीन जनाले रकम भएको झोला लुटेर फारर भएका थिए।

घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।