Saturday, July 11

गृहमन्त्रीको नाम तोक्न परेन, ठगी भएका सहकारी उल्लेख गरेर संसदीय छानबिन गरे हुन्छ: राजेन्द्र पाण्डे

नेपालअखबार , काठमाडौँ । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने बताएका छन्।

Advertisement

उनले गृहमन्त्री रवि लामिछानेको नाम नलेख्ने हो भने ठगी भएका सुर्यदर्शनलगायत सहकारीका नाम उल्लेख गरेर छानबिन समिति गठन गर्न सकिने पनि बताए।

Advertisement
Advertisement

संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार अपराह्न पत्रकारहरूसँग कुराकानी गर्दै पाण्डेले भने, ‘संसदीय समिति नबनाइ सुखै छैन, मध्यमार्गी कहीँ ठाउँ छैन। एउटा कुरा के हुन सक्छ भने फलानो व्यक्तिका नाममा भनेर नाम किट्ने वा नकिट्ने भन्नेचाहिँ हुन सक्छ।’

Advertisement

उनले सहकारीमा संसदीय छानबिन गरिनुपर्ने विषय पार्टीले निर्णय नै गरेको बताए।

गृहमन्त्री रवि लामिछानेको नाम नकिटी छानबिन समिति गठन गर्न सकिन्छ? भन्ने पत्रकारको प्रश्नमा जबाफ दिएका पाण्डेले भने, ‘सुप्रिम, सुर्यदय के-के सहकारीका नाम लेखेर छानबिन गरेचाहिँ हुन्छ। सहकारीको पनि नाम नराख्ने हो भने के चाहिँ छानबिन गर्ने त?, सहकारी नाम तोके भइहाल्यो, गृहमन्त्रीको नाम तोक्नै परेन नि!’