
नेपालअखबार , काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान मन्त्रिपरिषद्का सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय भएको शुक्रवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
नेपाली काँग्रेसका सभापतिसमेत रहेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको पालादेखि नै मन्त्रिपरिषद्का सदस्यले सम्पत्ति विवरण सार्वजनिक गरेको थिएन ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार मात्रै कृषि तथा वन समूहतर्फ सहसचिवबाट सचिवमा बढुवा भएका राजेन्द्रप्रसाद मिश्रलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पशुपन्छी सचिवमा पदस्थापन गर्ने निर्णय भएको जानकारी गराइन् ।
उनका अनुसार मन्त्रालयमा पशुपन्छी सचिवको जिम्मेवारीमा रहेका डा. दीपककुमार खराललाई कृषि विकास सचिवमा सरुवा गर्ने निर्णय भएको छ ।
बैठकले प्रशासन सेवातर्फ सहसचिवबाट सचिवमा बढुवा भएका लोकनाथ पौडेललाई पनि कायममुकायम प्रमुख सचिवको जिम्मेवारीमा रहेको मधेश प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।
यस्ता छन् अरू निर्णय

