Monday, May 25

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

नेपालअखबार , काठमाडौँ । गृह मन्त्रालयले तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ।

शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट पर्वत, बागलुङ र बाँकेका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको हो।

Advertisement

पर्वतको प्रजिअमा सहसचिव केदारनाथ शर्मालाई पठाइएको छ भने बागलुङमा नेत्रप्रसाद सुवेदीलाई सरूवा गरिएको छ।

त्यस्तै बागलुङका प्रजिअ खगेन्द्रप्रसाद रिजालला सरूवा गरी बाँके पठाइएको छ।

सूचनाः

_जिल्ला_अधिकारीहरुको_पदस्थापना_तथा_सरुवा_सूचि-1716000925.jpg