Tuesday, July 28

कर्मचारीलाई देश र जनताको सेवामा समर्पित हुन मन्त्री जोशीको निर्देशन

नेपालअखबार ,काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सरकारी कर्मचारीलाई आफूले देश र जनतालाई दिदै आएको सेवाप्रति आत्मसमिक्षा गर्नुपर्ने बताउनुभएको छ।

Advertisement

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा एकीकृत सरकारी कर्मचारी संगठनका नेताहरूसँगको भेटघाट कार्यक्रममा मन्त्री जोशीले उक्तकुरा बताउनु भएको हो। कर्मचारी सङ्गठनले मन्त्री जोशीलार्ई भेटेर आफूहरूको तलव, सेवा सुविधा बृद्धिगर्न माग गर्नुभएको थियो।

Advertisement
Advertisement

उक्त कर्मचारी सङ्गठनका नेताहरूको कुरा सुनेपछि मन्त्री जोशी भन्नुभयो,‘हामीले राष्ट्रबाट सेवा सुविधान लिदैगर्दा देश र जनतालाई कस्तो खालको सेवा प्रदान गर्यौं भनेर आत्मसमिक्षा गर्नुपर्छ। खासगरी मन्त्री, सचिव, महाशाखा, तलका फाटमा कार्यरत सबै जिम्मेवार भयौं भने मात्र जनताले सुखको अनुभूति, परिवर्तनको अनुभूति गर्न पाउनेछन्। यदि हामीले यसरी जनपक्षिय काम गर्न सकेनौं र आफ्नो सेवा सुविधाको कुरा गर्ने तर, काम नगर्ने हो भने हाम्रो बारेमा नकारात्मक धारणा बन्दैजान्छ। असन्तुष्टि चुलिँदैजान्छ।’

Advertisement

कर्मचारी संगठनले उठाएका जायज मागप्रति आफू गम्भीर रहेको भन्दै मन्त्री जोशीले देश र जनतालाई केन्द्रभागमा राखेर काम गर्नका निम्ति सरकारी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ।

उहाँले भन्नुभयो, ‘हामीले आफ्नो हक अधिकारको सुनिश्चित गर्नका निम्ति जसरी लागिपर्छौं त्योभन्दा गम्भीर र जिम्मेवारपूर्वक आफ्नो कर्तव्य पालन गर्नुपर्छ।’