Wednesday, July 29

मोरङ कारागारमा एक कैदीको मृत्यु

नेपालअखबार ,काठमाडौँ । मोरङ कारगारमा रहेका एकजना कैदीको मृत्यु भएको छ।

Advertisement

लागुऔधष मुद्दामा जिल्ला अदालत मोरङबाट दोषी ठहर भएका मोरङ पथरी शनिश्वरे नगरपालिका-१० का ३९ वर्षीय धनबहादुर थापाको मृत्यु भएको हो।

Advertisement
Advertisement

मंगलबार बिहान साढे ११ बजे खाना खाएर बस्दा एक्कासी बेहोस भएपछि कोशी अस्पताल पुर्‍याइएको थियो। त्यहाँ पुर्‍याइएको आधा घन्टामै अस्पतालले मृत घोषित गरिदिएको मोरङ कारागारका प्रमुख चेतराज बरालले जानकारी दिए।

Advertisement

‘उनी मुटुरोगी थिए, नियमित उपचार भइरहेको थियो,’ प्रमुख बरालले  भने, ‘अस्पतालले रोगकै कारण मृत्यु भएको भनेको छ।’

उनका परिवार उपस्थित भइसकेका छन्। अहिले शव बुझाउने काम भइरहेको उनले जानकारी दिए।