Tuesday, April 21

कांग्रेले १३ गते काठमाडौँमा प्रदर्शन गर्ने

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसले यही जेठ १३ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले १३ गते २ बजे काठमाडौँ जिल्ला समितिको संयोजनमा विशेष प्रदर्शन गर्ने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने, ‘आन्दोलनको कार्यक्रम जेठ ११ गतेका लागि प्रस्तावित भएपनि तयारी नपुग्ने भएपछि १३ गतेका लागि तय गरिएको छ ।’ कांग्रेसले काठमाडौँ, ललितपुर र भक्तपुरको संयुक्त आयोजनामा प्रदर्शनी मार्गमा आन्दोलन गर्ने भएको हो ।

Advertisement

सहकारीमा अर्बौं रुपैयाँ दुरुपयोग भएको भन्दै प्रवक्ता प्रवक्ता महतले सरकार छानबिन गर्न तयार नभएपछि आफूहरू सडकमा आउन लागेको बताए । उनले भने,‘गिरिबन्धु टी–स्टेटमा भएको नीतिगत भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने छौँ । अदालतको आदेश कार्यान्वयनमा सरकारलाई खबरदारी गर्छौं ।’

कांग्रेसले संसदीय छानबिन समिति गठन गरी सहकारीको रकम अपचलनबारे निरूपण हुनुपर्ने  माग गरेको छ । रासस