Monday, August 24

६२ वर्षपछि पाए अपांगता परिचयपत्र

नेपालअखबार, काठमाडौँ । दैलेखको ठाँटीकाँध गाउँपालिका–२ सेरीपाटाका सर्प शाहीले ६२ वर्षपछि अपांगता परिचयपत्र पाएका छन्।

Advertisement

जन्मजात अपांगता भएका उनले केही दिनअघि अपांगता परिचय पत्र पाएका हुन्। उनलाई गाउँपालिकाले ‘ख’ वर्गको अपांगता परिचयपत्र दिएको हो।

Advertisement
Advertisement

दैलेखमा सञ्चालित सेभ द चिल्ड्रेनको पहुँच परियोजनामार्फत् उनलाई अपांगता परिचय पत्र दिलाउन पहल गरिएको थियो। सुन्न र बोल्न नसक्ने शाहीलाई राष्ट्रिय परिचयपत्र र अपांगता परिचयपत्र दिलाउन परियोजनाबाट सहयोग गरिएको परियोजनाका दिनेश थापाले जानकारी दिए।

Advertisement

उनका अनुसार शाहीले २०४४ सालमा नागरिकता प्राप्त गरेका थिए। आफैले बोल्न, सुन्न नसक्ने भएकाले अहिलेसम्म राज्यबाट सुविधाका रूपमा दिइएको अपांगता परिचयपत्र उनले पाउन नसकेको थापाले बताए। परिचयपत्र पाएसँगै शाहीले अब अपांगता भएका व्यक्तिलाई वर्गअनुसार दिइने सेवासुविधा पनि पाउनेछन्।