Wednesday, October 29

नेपाल रिटर्नी एशोसिएशन (समाजबादी)को मुस्ताङ जिल्ला कमिटी गठन

नेपालअखबार, मुस्ताङ ।नेपाल रिटर्नी एशसिएसन (समाजबादी)को मुस्ताङ जिल्ला कमिटी गठन भएको छ । नेकपा (एकीकृत समाजवादी) मुस्ताङ जिल्ला कमिटी कार्यालयहलमा भएको हो। कार्यक्रममा जिल्ला कमिटी अध्यक्षको भिम रसाइलीकोअध्यक्षता तथा एशोसिएसनका केन्द्रीय अध्यक्ष प्रविन पौडलको प्रमुख आतिथ्य र जिल्ला कमिटी सचीवको संचालनमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा केन्द्रिय परिषद सदस्य, रिटर्नी एशोसियसनका केन्द्रिय सदस्य लगायतका नेताहरुको उपस्थितमा खडकलाल विश्वकर्माको अध्यक्षतामा ७ सदस्यीय मुस्ताङ जिल्ला कमिटि गठन भएको छ ।
उक्त कार्यक्रममा एशसिएसनका अध्यक्ष पौडेलले विदेशबाट फर्कदा युवाहरुले ज्ञान शिप पुँजी साथै लगनका साथ आएका हुन्छन् उनीहरुमा देशमा केही गरौं र रोजगार सिर्जना गर्ने हैसियतमा फर्किएका हुन्छन् रिटर्नीहरु देशको लागि बलियो खम्बा हुन । एशोसियसनले पार्टी र देशलाई सही मार्गमा अघि बढाउन आवाज बुलन्द गर्ने छ ।कृषि उत्पादननै राष्ट्रको प्रमुख मेरुदण्डको कृषकको क्रयशक्ति बढाउन सकिन्छ कृषकको क्रयशक्ति बढाउन एशोसिएनको पूर्ण ध्यान केन्द्रित रहेको बताएका छन् । पौडेलले राष्ट्रले आवश्यकता हेरेर प्राथमिकताको आधारमा लगानी गर्नु पर्दछ आज पनि केही दलका प्रमुखले भ्यू टावर बनाएकोमा गर्व गरेको सुनिन्छ जुन भ्यू टावर जस्ता अदुरदर्शी चटकी विकासले जनता मारमा परेका उनीहरुमा नैराश्यता फैलीनुका साथै आम जनताको शिरमा ऋणको भार थप थुपारिएको बताएका छन । उनले थपेका छन सोही ठाउँको छेउको बस्ती दिनरात गरिबीमा दुई छाक खान लडिरहेको उक्त भ्यू टावरको सट्टामा तिनै गरीब बस्तीलाई कृषि उत्पादनमा जोडी व्यस्थापन गरेको भए ती बस्ती गरिबीको रेखाबाट माथि उठाउन सकिने थीयो ,वैदेशिक मुद्राको आर्जन साथै युवा पलायन रोक्ने नमूना बस्ती परिणत गर्न सकिने बताएका थिए । उक्त कार्यक्रमको अध्यक्षता गरेका नेकपा समाजबादी मुस्ताङ जिल्लाका कमिटीका अध्यक्ष ले अध्यक्षता गर्दै हिमाल पारीको जिल्लालाई राज्यले व्यवास्था गरेकोले विदेशबाट फर्किएर संगठित भएका युवाहरुले जोडारक साथ आवाज उठाइ राज्यको हरेक संयन्त्र सम्म आवाज बुलन्द गर्नेमा विश्वास रहेको बताउँदै नव निर्वाचित कमिटीलाई शुभकामना व्यक्त गरेका थिए ।

Advertisement

Advertisement