Monday, July 27

अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने टिप्पर नियन्त्रणमा

नेपालअखबार, पाेखरा ।अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने टिप्पर नियन्त्रणमा जिल्ला कास्की प्रहरी कार्यालय बगर जान्कारी दिएका छन् ।

Advertisement

जिल्ला कास्की माछापुच्छ्रे गाँउपालिका अन्तर्गत पर्ने अन्नपुर्ण संरक्षण क्षेत्र भित्रबाट नदिजन्य पदार्थहरु अवैध रुपमा चोरी निकासी गर्ने गरेको भन्ने सूचनाको आधारमा पोखरा महानगपालिका वडा नं.१९ अकला मन्दिर स्थित सडक खण्डमा भुर्जुङखोलातर्फबाट पोखरातर्फ आउँदै गरेको  टिप्परलाई रोकी चेकजाँच  गरेकाे थियाे । ग १ क १५१४ नम्बरको  गर्ने   टिप्परलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त टिप्परमा बालुवा लोड गरेको पाईएको उक्त बालुवा अन्नपुर्ण संरक्षण क्षेत्र भित्रबाट ल्याएको बुझिएकोले उक्त
बालुवा सहितको टिप्परलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरामा पठाईएको  सूचना अधिकारी प्र.ना.उ. बसन्त कुमार शर्मा जान्कारी दिए ।

Advertisement
Advertisement

Advertisement