
नेपालअखबार, पाेखरा। घान्द्रुकमा अन्नपुर्ण गेष्ट हाउस एण्ड रेष्टुरेण्टमा महिला समेतलाई अभद्र व्यवहार तथा हातपात गर्ने ३ जना व्यक्तिहरु नियन्त्रणमा पक्राउ परेकाे कास्की प्रहरी जानकारी दिएकाे छ ।
गए राती बेलुकी अन्दाजी २१:३० बजेको समयमा जिल्ला कास्की अन्नपूर्ण गा. पा. वडा नं.१० घान्द्रुक स्थित रहेको अन्नपूर्ण गेष्ट हाउस एण्ड रेष्टुरेण्टमा झैझगडा भएको सुचनाका आधारमा ३ जना व्यक्ति पक्राउ परेका छन् ।
महिलाहरुको ईच्छा विपरित जबरजस्ती नाच्न लगाई अभद्र व्यवहार गरेको र होटल संचालक तथा कर्मचारीहरु समेतले सम्झाई बुझाई गर्दा नमानी उल्टै बियरका बोत्तल तथा लाठ्ठी समेतले प्रहार गरी घाईते भएका थिए ।
पोखरा महानगरपालिका वडा नं.०४ सिदार्थचोक बस्ने घर परिवार सदस्य सहित ८ जनाको टोली रमाईलो गरिरहेको अवस्थामा जिल्ला बाग्लुङ जैमिनी नगरपालिका वडा नं.०८ बस्ने वर्ष २८ का भीम थापा, वर्ष ३१ को डोलनाथ पौडेल र बस्ने वर्ष २९ को तेज हमाल ३ जनालाई नियन्त्रणमा लिई सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसुर अन्तर्गत अभद्र व्यवहार सम्बन्धी मुद्दामा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको कास्की प्रहरी जानकारी दिएकाे छ ।

