Saturday, May 9

अवैधरुपमा कटिङ ढुंगा चोरी निकासी गर्ने सवारी साधन नियन्त्रणमा

नेपालअखबार, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अवैधरुपमा कटिङ ढुंगा चोरी निकासी गर्ने सवारी साधन नियन्त्रणमा लिएको छ ।

पोखराको लामाचौरबाट बगरतर्फ आउँदै गरेको बा४ख ३०५९ नम्बरको मिनी टिप्परलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले पोखरा-१६ दीपबाट नियन्त्रणमा लिएको हो ।

Advertisement

अबैधरुपमा कटिङ पिस ढुंगा लोड गरी ल्याउँदै गरेको र सो सम्बन्धमा प्रयोजन खुल्ने कागजात साथमा नभएकोले उक्त मिनी टिप्परलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएको उक्त मिनी टिप्परलाई प्रहरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाईएको बताइन्छ ।