Tuesday, July 28

बस र जीप ठोक्किँदा एक जनाको मृत्यु

नेपालअखबार, कपिलवस्तु । कपिलवस्तुमा बस र जीप एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

Advertisement

पूर्व–पश्चिम राजमार्गअन्तर्गत् कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ४ झडुलामाईमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा अन्य आठ जना घाइते भएका छन्।

Advertisement
Advertisement

काठमाडौंबाट सुर्खेत जाँदै गरेको क. प्र. ०२–००१ ख ०५२५ नम्बरको यात्रुवाहक रात्रिबस र चन्द्रौटाबाट गोरूसिंगेतर्फ आउँदै गरेको लु १ च ९२८४ नम्बरको पिकअप जीप एकापसमा ठोक्किएका थिए।

Advertisement

मंगलबार बिहान ५ः३० बजे भएको उक्त दुर्घटनामा पिकअप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीले बताए।

ठक्करपछि पिकअपमा च्यापिएका बढईलाई दुई घन्टापछि निकालिएको थियो। घाइतेहरूलाई उपचारको लागि बुटवल ल्याइएको भण्डारीले जानकारी दिए।