Tuesday, July 28

प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजक विधेयकमाथि छलफल हुनेछ।

Advertisement

आजको बैठकमा सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत् उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।

Advertisement
Advertisement

सांसद अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत् उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

Advertisement

सांसद दिलेन्द्रप्रसाद बडूले विनियोजन विधेयक, २०८१ अन्तर्गत् उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

सांसद विना लामाले विनियोजन विधेयक, २०८१ अन्तर्गत् उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।

सांसद कान्तिका सेजुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत् भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

ज्ञानबहादुर शाहीले विनियोजन विधेयक, २०८१ अन्तर्गत् भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसबाहेक बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ।

यी हुन् आजका कार्यसूची