Tuesday, July 28

क्रिमियामा युक्रेनको क्षेप्यास्त्र आक्रमण, बदला लिने रुसको घोषणा

नेपालअखबार,  क्रिमिया । रुसको कब्जामा रहेको क्रिमियामा युक्रेनको क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै १२० जना घाइते भएपछि रुसले बदला लिने बताएको छ । क्राइमियामा रुसले स्थापना गरेको स्थानीय प्रशासनले मृतकमध्ये तीन बालबालिका पनि रहेको जनाएको हो ।

Advertisement

अधिकारीहरूका अनुसार अमेरिकी निर्मित लामो दुरीका एटीएसीएमएस मिसाइलका टुक्राहरू सेभास्टोपोल बन्दरगाहको उत्तरी तटमा खसेकाले हताहत भएको छ। रुसी टिभीमा प्रसारित रिपोर्टहरूमा मानिसहरू समुद्र तटमा दौडिरहेको देखिन्छ।

Advertisement
Advertisement

यस हमलामा कयौँ व्यक्ति गम्भीर घाइते भएका छन् । अमेरिकाले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र दिएको कारण यो आक्रमणको जिम्मेवार अमेरिका रहेको रुसको रक्षा मन्त्रालयले बताएको छ ।

Advertisement

रुसले चारवटा क्षेप्यास्त्र हावामा खसालेको तर पाँचौँ क्षेप्यास्त्र विस्फोट हुँदा हताहत भएको बताएको छ ।