Wednesday, July 29

६ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

नेपालअखबार,अर्घाखाँची। अर्घाखाँचीमा बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

Advertisement

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालारानी गाउँपालिका-६ साकिन्धारा बस्ने ४३ वर्षीय  आत्मबहादुर भलामीमगर पक्राउ परेका हुन्।

Advertisement
Advertisement

उनलाई इलाका प्रहरी कार्यालय खनबाट खटिएको टोलीले मंगलबार राति पक्राउ गरेको हो।

Advertisement

आइतबार(असार १६) बालिकामाथि बलात्कार भएको उजुरी छ। उजुरी आउनसाथ उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको प्रहरी निरीक्षक दिप्रेन्द्र रावलले जानकारी दिए।

‘उजुरी आउनेबित्तिकै हामीले आरोपित व्यक्तिलाई पक्राउ गरेका हौं,’ प्रहरी निरीक्षक रावलले भने, ‘थप अनुसन्धान भइरहेको छ।’