Friday, July 24

घातक पाउडर विक्रि गरेको आरोपमा जोन्सन एन्ड जोन्सनलाई २ अर्ब डलर जरिवाना तिर्न आदेश

नेपाल अखबार, उजेन्सि। संयुक्तराज्य अमेरिकाको एक अदालतले शरीरलाई घातक मानिएको टेलकम पाउडर बिक्री गरेको आरोपमा औषधि उत्पादक जोन्सन एन्ड जोन्सन कम्पनीविरुद्ध दुई अर्ब १० करोड डलर जरिवाना भुक्तानी गर्न आदेश दिएको छ।

Advertisement
यद्यपी मिजौरी पुनरावेदन अदालतले जरिमानाको अंकलाई आधा घटाएर फैसला सुनाएको थियो। प्रारम्भिक मुद्दामा करिब ४ अर्ब ४० करोड जरिमाना माग दाबी गरिएको थियो।
अदालतको आदेशमा जोन्सनले जानाजान क्यान्सर रोग लगाउन सक्ने तत्व अस्वेस्टोस मिश्रित टेलकम पाउडर उपभोक्तालाई बिक्री गरेको उल्लेख छ।
अदालतको आदेशमा टेलकम पाउडरको प्रयोगबाट शरीरमा क्यान्सर लागेको भन्दै जोन्सनविरुद्ध मुद्दा दायर गरिएको प्रसंग राख्दै अदालतले आदेशमा मानिसको स्वास्थ्यसँग पैसा वा जरिमानालाई दाँज्न नसकिने जनाएको छ।
सन् २०१९ मा पनि क्यालिफोर्नियाको अदालतले एक बालिकालाई जोन्सनको टेलकम पाउडरका कारण क्यान्सर भएको भन्दै दशौं लाख अमेरिकी डलर जरिमाना तिराएको थियो।
गत महिना जोन्सनले अमेरिका र क्यानडामा टाल्क मिश्रित बच्चाका लागि पाउडर उत्पादन नगरिने घोषणा गरेको थियो, तर कम्पनीले विश्वका अरु देशमा भने यसको बिक्री यथावत राख्ने जनाएको छ।
तर जोन्सन एन्ड जोन्सनकी एक प्रवक्ताले मिजौरी अदालतको आदेश विरुद्ध मिजौरीको सर्वोच्च अदालतमा मुद्दा दायर गरिने बताएकी छिन्। रासस/एएफपी

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *