Wednesday, April 22

स्याङ्जामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु

नेपालअखबार,स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बिरुवा गाउँपालिका वडा ६ लामाखेतका ईश्वरी लम्सालको घर पहिरोले पुरेको हो ।पहिरोमा परी बिरुवा-६ माझकोटकी ६५ वर्षीया गुहेश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्माको ज्यान गएको हो । माझकोटकै ७१ वर्षीय माधव शर्मा बेपत्ता छन् । उनको खोजी भइरहेको स्याङ्जा प्रहरीका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

Advertisement