Friday, July 31

नेपालको राजनीतिमा एकीकृत समाजवादी निर्णायक : माधव नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा आफ्नो पार्टी अहम् र निर्णायक रहेको बताएका छन् । प्रवासी नेपाली  एकता मञ्च अन्तरास्ट्रिय कमिटी प्रवास विशेष प्रदेश कमिटीको शनिबार सम्पन्न प्रथम अन्तर्राष्ट्रिय अधिवेशनलाई सम्वोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

Advertisement

अध्यक्ष नेपालले नेपाली राजनीतिमा जुनसुकै परिघटनामा एकीकृत समाजवादीको खोजी हुने गरेको समेत बताए । सो पार्टीका सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिष्ट आन्दोलनका भष्मासुर केपी ओलीले कम्युनिष्ट आन्दोलनलाई  समाप्त पार्न खोजेको भन्दै कम्युनिष्ट आन्दोलन जोगाउन नेपालमा पहिलो पल्ट नेपाली विशेषताको समाजवादी कार्यक्रम पारित गर्दै नेकपा (एकीकृत समाजवादी) ले पार्टीको दशौ महाधिवेशन सम्पन्न गरेको बताए ।

Advertisement
Advertisement

अधिवेशनले ध्रुव सुवेदी अस्ट्रेलियाको अध्यक्षतामा ४५ सदस्यीय प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटी गठन गरेको छ । अधिवेशनले कमिटीको वरिष्ठ  नेतामा भिम कार्की अमेरिका उपाध्यक्षमा शङ्कर पन्त अमेरिका सचिवमा नरेश श्रेष्ठ कतार उपसचिवमा पदम गिरी कतारलाई चयन गरेको छ ।

Advertisement

कमिटीमा २२ देशमा रहेका राष्ट्रियका अध्यक्षहरु  पदेन सदस्यको रुपमा रहेको नेकपा ( एकीकृत समाजवादी) प्रवास इन्चार्ज श्रीप्रसाद साहले बताए ।