Monday, July 27

सामसङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा

नेपालअखबार , सोल । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङको कारखानाका ३० हजार कर्मचारीहरू अनिश्चितकालीन हडताल गरेका छन् । मंगलबारदेखि तलब र अन्य सुविधाको माग गर्दै कर्मचारी संगठनले हड्तालको घोषणा  गरेको हो ।

Advertisement

तीनदिने आम हडतालको अन्तिम दिन नेशनल सामसङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू)ले यस्तो घोषणा गरेको हो । व्यवस्थापन आफ्ना मागमा वार्ता गर्न तयार नभएकाले यस्तो निर्णय गर्न बाध्य भएको युनियनले जनाएको छ ।

Advertisement
Advertisement

युनियनको वेबसाइटमा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिलो आम हड्तालपछि पनि कम्पनीले वार्ता गर्ने मनसाय नदेखाएकोले हामी जुलाई १० गतेदेखि दोस्रो अनिश्चितकालीन आम हड्तालको आह्वान गर्दछौँ ।’ एनएसईयूले दक्षिण कोरियामा सैमसंग इलेक्ट्रोनिक्समा कार्यरत एक चौथाई कामदारहरूको प्रतिनिधित्व गर्दछ ।

Advertisement

हडतालले उत्पादन अवरुद्ध भएको युनियनले बताएको छ । तर सामसङले यो दाबीलाई अस्वीकार गरेको छ । गत महिना युनियनले कम्पनीमा पहिलो पटक हडताल गरेको थियो । कम्पनीको करिब ५५ वर्षको इतिहासमा यो पहिलो पटक भएको हो ।