Friday, July 31

प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थी, ६ जना पक्राउ

नेपालअखबार, काठमाडौं । प्रहरी जवान पदमा अर्कैको नाममा परीक्षा दिइरहेका ६ जना पक्राउ परेका छन् ।

Advertisement

शनिबार भएको प्रहरी जवान पदको लिखित परीक्षामा ६ जना परीक्षार्थीको नाममा अर्कै व्यक्तिले परीक्षा दिइरहेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

Advertisement
Advertisement

पक्राउ पर्नेमा रित शाहीको नाउँमा परीक्षा दिने अभिषेक शाही, हिक्मतबहादुर थापाको नाउँमा परीक्षा दिने इशाक तामाङ, शर्मिला शाहीको नाउँमा परीक्षा दिने तृप्ती सुन्दास, रोशन खत्रीको नाउँमा परीक्षा दिने पारस बुढा, सविन महराको नाउँमा परीक्षा दिने रवीन्द्र महरा र प्रदीप बस्यालको नाउँमा परीक्षा दिने दिनेश चन्द छन् ।

Advertisement

उनीहरुमध्ये ३ जना प्रहरी वृत्त बानेश्वर, २ जना प्रहरी वृत्त गौशाला र एक जनालाई  प्रहरी बृत्त सिंहदरबारमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।