Tuesday, September 1

महान्यायाधिवक्‍ता रमेश बडालले पद तथा गोपनीयताको शपथ लिए

नेपालअखबार, काठमाडौं । नेपाल सरकारको महान्यायाधिवक्‍ता रमेश बडालले पद तथा गोपनीयताको शपथ लिएका छन्।

Advertisement

राष्ट्रपति कार्यालय शितलनिवासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

Advertisement
Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए।

Advertisement

प्रधानमन्‍त्री केपी शर्मा ओलीले संविधानको धारा १५७ को उपधारा २ बमोजिम बडाललाई महान्यायाधिवक्तामा सिफारिस गरेका थिए।काठमाडौं महानगरपालिका वडा नम्बर ६ चाबहिल बस्ने वरिष्ठ अधिवक्ता बडाल नेकपा एमालेका कानुन विभाग प्रमुख समेत हुन्।