Wednesday, July 29

जङ्गली विषालु च्याउ खाँदा एकै घरका तीन जना बिरामी परे

नेपालअखबार, बझाङ । बझाङमा जङ्गली विषालु च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन्।

Advertisement

दुर्गाथली गाउँपालिका –५ का ४० वर्षीय तिलक पुजारा उनका १२ वर्षीय दर्शन पुजारा र ५ वर्षका शुभम् पुजारा बिरामी परेका हुन्।

Advertisement
Advertisement

विषालु च्याउ खाएपछि उनीहरु शुक्रबार दिउँसो १२ बजे बेहोस् भएका थिए। तिलककी श्रीमतीले तत्काल जिल्ला अस्पताल बझाङ उपचारका लागि पुर्‍याएकी थिइन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा  प्रहरी निरीक्षक किशोर जोशीका अनुसार तिलक पुजारा र उनका कान्छा छोरा शुभमको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेल्धुरा रेफर गरिएको छ। उनीहरु दुवैको स्वास्थ्य अवस्था गम्भीर रहेको सूचना अधिकारी जोशीले बताए।

तिलकका जेठो छोरा दर्शन पुजारा भने सामान्य उपचार पश्चात जिल्ला अस्पताल बझाङबाट डिस्चार्ज भएका छन्।