Thursday, March 12

घर भत्किँदा एकै परिवारका ८ जना घाइते

नेपालअखबार, जाजरकोट। जाजरकोटमा घर भत्किँदा ८ जना घाइते भएका छन्।

छेडागाड नगरपालिका–१२ काँडागाउँका पदम अधिकारीको घर शुक्रबार बिहान ३ बजे भत्किँदा परिवारका ८ जना घाइते भएका हुन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार ३५ वर्षीय पदम अधिकारी, १० वर्षका दिनेश अधिकारी, ३० वर्षकी सरिता अधिकारी, १४ वर्षका नविन अधिकारी, ६५ वर्षकी भिरकुली अधिकारी, १५ वर्षकी सुजता अधिकारी, १६ वर्षकी संगीता अधिकारी र १४ वर्षका नवराज अधिकारी घाइते भएका छन्।

जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार संगीता र नवराज सामान्य घाइते भएका छन्। उनीहरुलाई घरमै राखिएको छ। वर्षातका कारण ढुंगा, माटोले बनेको एकतले कच्ची घर भत्किएको डिएसपी पाण्डेले जानकारी दिए। ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको छ भने २ जनाको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको छ।