Tuesday, April 21

सुनकोसीले सतर्कता तह पार गर्‍यो

नेपालअखबार,काठमाडौँ । आज बिहान सिन्धुली जिल्लामा भारी वर्षा भएको छ । सो जिल्ला भई बहने अधिकांश नदी तथा खोलामा जलसतह सतर्कता तहभन्दा माथि पुगेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

सुनकोसी नदी खुर्कोट जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको हुँदा उक्त नदीको तल्लो तटीय क्षेत्रमा रहनेहरूले आज साँझ सम्म सतर्कता अपनाउन विभागले अनुरोध हो।

Advertisement

सिन्धुलीको कमला नदी, रानीबासस्थित जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ ।