Monday, July 27

आज नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बस्दै

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक ११ बजेपछि  बस्दै छ।

Advertisement

यसअघि सोमबारका लागि तय गरिएको बैठक तयारी अपुगका कारण साउन १६ गतेका लागि सारिएको थियो।

Advertisement
Advertisement

पार्टीमा २०६ केन्द्रीय सदस्य पद रिक्त छन्। हालै भएको महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई दोहोर्‍याएको थियो। साथै गत असार २१ गते ९३ सदस्यीय केन्द्रीय कमिटी छानेको थियो। केन्द्रीय समिति र पदाधिकारीमा धेरै नेताहरू आकांक्षी भएकाले टुंग्याउन सकस परेको छ।  पार्टी नेता राजेन्द्र पाण्डेले विधानमा १० प्रतिशत सदस्य थप्न सकिने व्यवस्था भएकाले त्यसबारे समेत छलफल हुनेछ ।

Advertisement

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुनेछ।