Thursday, August 6

प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने

नेपालअखबार, काठमाडौं । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने बताएका छन्।

Advertisement

यसअघिको कार्यकालमा पार्टीका बैठक बालुवाटारमै केन्द्रित गरेकाले उनको आलोचना भएको थियो।

Advertisement
Advertisement

नेकपा कालमा पार्टीको सचिवालय, स्थायी कमिटी मात्र नभएर केन्द्रीय कमिटीको बैठक पनि बालुवाटारमै राखिएको थियो।

Advertisement

यसपटक सामाजिक सञ्जालमार्फत् आएको सुझावलाई ध्यानमा राखेर स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने प्रधानमन्त्री ओलीले बताएका छन्।

बिहीबारको सचिवालय बैठक सिंहदरबार अगाडिको होटल बसेरामा तय भएको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ। ललितपुरस्थित च्यासलमा रहेको पार्टी मुख्यालयमा बाढी पसेपछि आजको बैठक बसेरामा बस्न लागेको हो।‘सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला।’