Monday, August 3

पहिरोले घर पुरिँदा बेपत्ता बज्यैको शव भेटियो, नातिनीको खोजी हुँदै

नेपालअखबार,रोल्पा।  रोल्पामा घरसँगै पुरिएकी ७० वर्षीया बसुना सुनारको शव भेटिएको छ।

Advertisement

गएराति सुनछहरी गाउँपालिका-५ कामीडाँडामा देउसिंह कामीको घर पहिरोले पुरिँदा उनकी आमा बसुना र छोरी चार वर्षीया किमा सुनार बेपत्ता भएका थिए।

Advertisement
Advertisement

खोजीका क्रममा शनिबार बिहान बसुना पुरिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी भरत लामाले जानकारी दिए।

Advertisement

बसुनाकी नातिनी ४ वर्षीया किमाको अवस्था भने अझै अज्ञात छ। उनको खोजी भइरहेको डिएसपी लामाले जानकारी दिए।

खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय पोवाङ र सुलिचौरबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा प्रहरीको टोली खटाइएको छ।

शुक्रबार राति माथिबाट झरेको पहिरोले ढुँगा माटोबाट बनेको देउसिंहको एक तले कच्ची घर पुरेको थियो ।

घटनाबारे स्थानीयले प्रहरी चौकी सिउरीमा राति पौने १० बजेतिर जानकारी गराएका थिए। सूचना पाउना साथ प्रहरी निरीक्षक केशरबहादुर थापाको कमाण्डमा चार जना प्रहरी घटनास्थलमा खटाइएका थिए।

शुक्रबार देउसिंह र उनकी श्रीमती भने घरमा थिएनन् । उनीहरू कामको शिलशिलामा बाहिर रहेका कारण जोगिएको प्रहरीले जनाएको छ।