Saturday, July 18

स्थानीय प्रशासनः कोशी प्रदेशको कार्यसम्पादनमा तेह्रथुम उत्कृष्ट

नेपालअखबार, सोलुखुम्बु। कोशी प्रदेशभरिका प्रशासन कार्यालयमध्ये तेह्रथुम उत्कुष्ट घोषित भएको छ।

Advertisement

गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेअनुसार मूल्याङ्कनका आधारमा तेह्रथुम ९६.८७ अङ्क प्राप्त गरी उत्कृष्ट ठहरिएको हो।

Advertisement
Advertisement

जिल्लमा शान्ति, सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वयका आधारमा तेह्रथुमले उक्त अङ्क पाएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताए।

Advertisement

आर्थिक वर्ष २०७९/८० मा ३७ औं स्थानमा रहेको तेह्रथुम आ।र्थिक वर्ष २०८०/८१ मा आठौँ स्थानमा उक्लिएको उनले बताए।

कोशी प्रदेशको सोलुखुम्बु भने ७७ जिल्लाको सूचीमा दसौं स्थानमा छ । यद्यपि कोशी प्रदेशमा भने दोस्रो स्थान हासिल गरेको छ। धनकुटा ९५.८७ अङ्क प्राप्त गर्दै कोशी प्रदेशमा तेस्रो भएको छ। रासस