Sunday, September 27

च्याउखेतीबाट वार्षिक १० लाख कमाउँछिन् सावित्री

नेपालअखबार, पर्वत । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन्।

Advertisement

विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि १० लाखभन्दा बढी आम्दानी गर्छिन्।

Advertisement
Advertisement

तीनवटा गुम्बज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ  बागलुङ, म्याग्दी र  कुश्माबजारमा खपत हुने गरेको उनी बताउँछिन्।

Advertisement

‘च्याउखेतीबाट भएको आम्दानीले उत्साहित छु, बजारको समस्या छैन,’ उनले भनिन्। गोब्रे च्याउ प्रतिकेजी पाँच सय र कन्ये प्रतिकिलो दुई सय रूपैयाँमा बिक्री हुँदै आएको उनी बताउँछिन्।

उनले सात रोपनी जमिनमा मौसमअनुसार काँक्रो, घिरौला, बोडी, सिमी, करेला, भेण्टा, खुर्सानी, धनिया पनि उत्पादन गर्दै आएकी छन्।

‘हाइटेक टनेलमा बाह्रै महिना च्याउखेती गर्ने लक्ष्य छ, च्याउखेतीका लागि गाउँका किसानलाई सहायोग गर्ने गरेकी छु,’ खत्रीले भनिन्। श्रीमानको सहयोगमा उत्पादित सागसब्जी बजार पुर्‍याउने गरेको उनले सुनाइन्।

जलजलामा व्यावसायिक रूपमा लाग्ने किसानको आर्कषण बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताए।

‘गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, च्याउखेतीमा अनुदान बढाउँछौँ,’ उनले भने।