Saturday, September 26

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भदौ ७ गते बस्ने गरी स्थगित

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भदौ ७ गते बस्ने गरी स्थगित भएको छ।

Advertisement

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब भदौ ७ गते शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्नेछ।

Advertisement
Advertisement

सोमबार पनि केन्द्रीय समिति बैठक बसेको थियो भने केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए।

Advertisement

महासमितिले पारित गरेका एजेन्डालगायत ११ विषयमाथि केन्द्रीय समितिमा साउन २३  गतेदेखि छलफल भइरहेको थियो।

कांग्रेसमा अहिले १३ पदाधिकारीसहित १६८ सदस्यीय केन्द्रीय समिति छ। केन्द्रीय समितिमा पदाधिकारीहरूले धारणा राख्न बाँकी नै छ।