Monday, July 27

दुइतर्फी खुल्यो मुग्लिन–मौवाखोला सडक

नेपालअखबार, मुग्लिन । पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ।

Advertisement

गए रातिको वर्षाका कारण उक्त सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख  सुरेश सुवेदीले इच्छाकामना गाउँपालिका–३ चुम्लिङटार र मौवाखोलामा खसेको पहिरो हटाएसँगै बाटो खुलेको जानकारी दिए।

Advertisement
Advertisement

मौवाखोलामा एकतर्फी र चुम्लिङटारमा दुईतर्फी सडक अवरुद्ध भएको थियो भने कुरिनटारमा विशाल ढुङ्गा खस्दा बाट बिहान ७ बजेदेखि अवरूद्ध थियो।  ‘अहिले दुवै तर्फ बाटो खुलेको छ,’ इन्स्पेक्टर सुवेदीले भने।

Advertisement