Tuesday, September 1

प्रतिनिधि सभाबाट टीआरसी विधेयक पारित

नेपालअखबार, काठमाडौं । प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ पारित भएको छ।

Advertisement

बुधबारको प्रतिनिधि सभा बैठकमा यो विधेयकमाथि दलीय आधारमा सांसदहरूले धारणा राखेका थिए। त्यसपछि विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो।

Advertisement
Advertisement

विधेयकका पक्षमा नेमकिपाका सांसद प्रेस सुवालबाहेक अरू दल तथा स्वतन्त्र सांसदहरू उभिएका थिए।

Advertisement

सभामुख देवराज घिमिरे बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ बहुमतबाट पारित भएको घोषणा गरेका छन्।

लामो समयदेखि विवादित यो विधेयकमा हालै दलहरूबीच सहमति जुटेर संसदको कानुन न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मत पारित भएको थियो। प्रतिनिधि सभाबाट पारित भएको यो विधेयक अब राष्ट्रिय सभामा पेस भई छलफल हुनेछ। त्यहाँबाट पारित भएपछि पुन: प्रतिनिधि सभामा आउँछ र सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने व्यवस्था छ।

राष्ट्रपतिबाट अनुमोदन भएपछि यसले कानुनको रूप लिनेछ।

बुधबारको प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै बोलेका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनभित्रै यो विधेयकले कानुनी रूप लिने बताएका थिए।